Tuesday, May 25, 2010
Saturday, April 24, 2010
राज्यमन्त्री यादव राजिनामा दिने तयारीमा
अनलाईन समाचारदाता
काठमाडौ, ११ वैशाख ।
महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री रामबचन यादवले मन्त्री सर्बदेव ओझासँग असन्तुष्टि बढेपछि राजिनामा दिने तयारी गर्नुभएको छ । आफ्नै पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मन्त्री ओझाले मन्त्रालयमा एकलौटी ढङ्गले काम गरेको र आफूलाई कुनै जिम्मेवारी नदिएको राज्यमन्त्री यादवको गुनासो छ ।
मन्त्रालयको समाजकल्याण परिषद वा बालबालिकामध्ये कुनै एउटा जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको माग छ । अहिलेसम्म कुनै अधिकार नदिइएको र मन्त्रालय जाने र आउने मात्र काम भएको भन्दै राज्यमन्त्री यादवले जिम्मेवारी नपाए राजिनामा दिने बताउनुभयो । ँनाम मात्रको राज्यमन्त्री भएर पनि के बस्नु,’ उहाँले भन्नुभयो, ँजिम्मेवारी नपाए राजिनामा दिन्छु ।’
राज्यमन्त्री यादवले मन्त्री ओझाले मन्त्रालयमा आर्थिक हिनामिना गरेको आरोपसमेत लगाउनुभयो ।
यसअघि गृहमन्त्री भीम रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले पदबाट राजिनामा दिनुभएको थियो ।

Subscribe to:
Comments (Atom)